Logo

२९ जेठ,काठमाडौं । नेपाल प्रहरीले पत्रकार नारायण अर्याललाई पक्राउ गरेको छ। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार प्रहरीले उनलाई ललितपुरको कुपण्डोलस्थित नटराज ट्राभल्सबाट नियन्त्रणमा लिएको हो।

अध्यक्ष लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत ’कलमजिवी (पत्रकार) नारायण अर्याललाई प्रहरीले पक्राउ गरेको छ,’ भन्दै जानकारी दिएका छन्।

यसअघि बिहीबार बिहान पत्रकार अर्यालले आफूलाई खोज्दै सादा पोशाकका प्रहरी कुपण्डोलस्थित निवासमा पुगेको बताएका थिए। तर, सादा पोशाकका प्रहरी घर पुग्नुअगावै पत्रकार अर्याल बाहिरिसकेकाले बिहान पक्राउबाट जोगिएका थिए।

पत्रकार अर्याललाई पक्राउ गर्नुको कारणबारे प्रहरीले हालसम्म केही खुलाएको छैन।


सम्बन्धित समाचार