Logo

२९ जेठ, दाङ । नेकपा एमाले दाङमा ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन्। पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउँदै ८७ जनाले सामूहिक राजीनामा बुझाएका हुन्।

राजीनामा दिने समूहले जारी गरेको विज्ञप्तिमा पार्टीका शीर्ष नेताहरूको ‘गुलामीपूर्णु व्यवहार, ‘बहुलठ्ठीपूर्ण’ अभिव्यक्ति र ‘सामन्तवादी संस्कृति’ को तीव्र आलोचना गरिएको छ। उनीहरूले अहिलेको २१ औं शताब्दीमा पार्टी नेतृत्व १८ औं शताब्दीको सामन्तवादी सोचमा रुमल्लिएको आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सूचनाको कान्तिले आम मानिसको चेतनामा ल्याएको गुणात्मक विकासले क्षणभरमै सही र गलत के हो ? त्यसको पहिचान सहजै गर्न सक्ने अवस्था बनेको छ। तर हाम्रो पार्टीका अध्यक्षरमहासचिवहरू चरम नशामा चूर भएर कहिले कर्णालीवासीहरूले चामल देख्न नपाएको त कहिले युवाहरू रहरले विदेश गएका जस्ता बहुलठ्ठीपूर्ण कुराहरू गर्दै हुनुहुन्छ।’

राजीनामा दिने समूहले राजनीतिलाई आय आर्जनको मुख्य माध्यम बनाएर बसेका नेताहरूको व्यवहारले युवा पुस्तामा निराशा बढाएको भन्दै यसलाई आशामा बदल्न दलहरूमै भित्रबाट विद्रोहको आवश्यकता औंल्याएका छन्। उनीहरूले विद्रोहलाई चुनौती मात्र नभई एउटा संगठनका रूपमा व्याख्या गर्दै यसले राजनीतिलाई समाजसेवा नभई आयआर्जनको माध्यम बनाएका नेता कार्यकर्ताहरूलाई ुन‌ङ्गाउनेु कार्य समेत गर्ने बताएका छन्।

हाल एमालेकै नेतृत्वमा सरकार रहेको अवस्थामा भ्रष्टाचारका ठूला काण्डमा पार्टीका नेताहरू मुछिएकोमा पनि उनीहरूले गम्भीर आपत्ति जनाएका छन्। ‘कहिँ नभएको जात्रा हाँडिगाउँमा भन्ने उखानलाई पुष्टि गर्दै आफैँ सडकमा जुलुस निकाल्न लगाउनु हुन्छ। आफैँ धामी आफैँ बोक्सीको चरितार्थ निभाउँदै, विज्ञप्तिमा उल्लेख छ।

सत्ताको नशामा चूर भएका नेताहरूले यथार्थ आत्मसात गर्न नसकेको भन्दै उनीहरूले यो नशालाई चिनियाँहरूलाई अफिमको नशामा लठ्ठाएको इतिहासभन्दा पनि बढी लठ्‌ठाउने नशाको संज्ञा दिएका छन्।

अन्तमा, राजीनामा दिने समूहले राष्ट्रलाई शिरमा राखेर राजनीतिलाई अर्थोपार्जनको माध्यम बनाउने पार्टी परित्याग गर्ने निष्कर्षमा पुगेको जनाएका छन्। उनीहरूले आफ्नो निर्णय सही हो वा गलत भन्नेबारे दाङका जनताले मूल्याङ्कन गर्ने अपेक्षा गरेका छन्। यो सामूहिक राजीनामाले दाङमा एमालेको संगठनमा ठूलो धक्का पुग्ने विश्लेषण गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै