३० जेठ, काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ ।
आर्थिक गतिविधि सुस्त भई ऋण असुली प्रभावित हुँदा वाणिज्य बैंकहरुको नाफा खुम्चिएको हो । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुको औषत नाफा १ दशमलव ६७ प्रतिशतले गिरावट आएको छ । ऋण असुली प्रभावित भई खराव कर्जा बढेर भएको नोक्सानीले गर्दा नाफा घटेको बैंकहरुले जनाएका छन् ।
गत आर्थिक वर्ष यही अवधिमा वाणिज्य बैंकहरुको नाफा ४७ अर्ब ६० करोड रुपैंया थियो । यस अविधिमा १० वटा बैंकको नाफा खुम्चिदा १० वटाले भने नाफा बढाएका छन् । चालु आर्थिक वर्ष राष्ट्र बैंकले असल कर्जाको कर्जा नोक्सानीलाई घटाएर १ प्रतिशतमा झारेपनि बैंकहरुको नाफा भने प्रभावित हुन पुगेको छ ।















