Logo

३०,जेठ काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको लापरबाही नियन्त्रण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको छ। मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित र विश्वसनीय बनाउन ‘वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्था, सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि’ लाई संशोधन गरेको हो।

नयाँ कार्यविधिमा वैदेशिक रोजगारीमा जाने हरेक श्रमिकका लागि अनिवार्य रूपमा गरिनुपर्ने विस्तृत स्वास्थ्य परीक्षण र प्रयोगशाला परीक्षणको सूची समावेश गरिएको छ। यसले स्वास्थ्य परीक्षणको नाममा हुने ठगी र गुणस्तरहीन जाँचलाई रोक्ने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार, वैदेशिक रोजगार नियमावलीअनुसार गठित विशेषज्ञ समितिको जेठ २३ गते बसेको बैठकबाट भएको निर्णय बमोजिम मन्त्रीस्तरको निर्णयअनुसार उक्त कार्यविधि संशोधन गरिएको हो। यसबाट वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण कदम चालिएको मन्त्रालयले जनाएको छ।


सम्बन्धित समाचार