Logo

३०,जेठ काठमाडौं । न्याय परिषद्ले चार उच्च अदालतका लागि मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। बिहीबार बसेको न्याय परिषद्को बैठकले चार जना न्यायाधीशलाई मुख्य न्यायाधीशमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

सिफारिस गरिएका न्यायाधीशहरूमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका न्यायाधीश हरिप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारी रहेका छन्।

न्याय परिषद्ले जारी गरेको विज्ञप्ति अनुसार, राजनप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगर, हरिप्रसाद भण्डारी (ओखलढुंगा) लाई उच्च अदालत सुर्खेत र राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ। यसैगरी, उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारीलाई सोही अदालतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।

यद्यपि, यो सिफारिसपछि पनि उच्च अदालतमा २० न्यायाधीश पदहरू रिक्त रहेका छन्। न्याय प्रणालीमा थप सुधार र न्याय प्रवाहलाई चुस्त बनाउनका लागि यी रिक्त पदहरूमा पनि चाँडो नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको छ।


सम्बन्धित समाचार