३० जेठ, काठमाडौं । इजरायलले इरानका आणविक प्रशोधन केन्द्रहरूलाई लक्षित गरी गरेको आक्रमणमा ६ जना इरानी ‘न्युक्लियर साइन्टिस्ट’ (आणविक बैज्ञानिक) को मृत्यु भएको अलजजिराले जनाएको छ।
यस आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक उर्जा प्रमुख फेरेयदुन अब्बासीसहित दुई उच्च इरानी अधिकारीको पनि मृत्यु भएको इरानले पुष्टि गरेको छ।
सीएनएनका अनुसार, इजरायलले इरानविरुद्ध २०० लडाकु विमान परिचालन गरेको छ भने इरानले इजरायली भूमितर्फ १०० वटा ड्रोन पठाएको छ। अमेरिकी अधिकारीहरूले इरानमाथि इजरायलले गरेको आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्, यद्यपि अलजजिराले इजरायलले इरानमाथि गर्न लागेको सम्भावित आक्रमणबारे अमेरिका जानकार रहेको उल्लेख गरेको छ।















