Logo

३०,जेठ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आजै (शुक्रबार) खुल्ने गरी छलफल भइरहेको दाबी गरेका छन्। सुनसरीको इटहरीमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटमा महामन्त्री थापाले संसद् सञ्चालनका लागि प्रमुख दलहरूबीच सहमति भइसकेको जानकारी दिए।

थापाले भने, “केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ।“ उनको यो भनाइले लामो समयदेखि जारी संसदीय गतिरोध अन्त्य हुने संकेत देखिएको छ।

गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका विपक्षी दलहरूले लगातार संसद् अवरुद्ध गर्दै आएका छन्। यस प्रकरणले सदनको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ।

संसद खोल्ने विषयमा सत्तारुढ दलहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लचक देखिएका छन्। तर, रास्वपा भने आफूले उठाएका ५ बुँदे मागमा अडिग रहँदा दलहरूबीच पूर्ण सहमति जुट्न सकेको छैन। यद्यपि, महामन्त्री थापाको भनाइले आजै कुनै निकास निस्कने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार