काठमाडौँ, जेठ ३०स् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी अनुसन्धान र सरकारी वकिलको अभियोजनलाई प्रविधिको प्रयोगसहित थप प्रमाणमुखी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। उनले न्याय निरुपणमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धान र प्रमाणका तथ्यहरूले न्याय सम्पादनमा कुनै दुविधा नरहने गरी काम गर्न आग्रह गरे।
ुप्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छु
प्रधानमन्त्री ओलीले एक न्यायपूर्ण समाज निर्माणका लागि समयानुकूल कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए। यसका लागि पर्याप्त स्रोतसाधनसहित दीक्षित, सक्षम र इमान्दार जनशक्तिको आवश्यकतामाथि उनले जोड दिए। ूप्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ,ू उनले भने, ूसुविधा पुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिनेछ।ू
अपराध नियन्त्रणमा प्रविधिको महत्त्व
प्रधानमन्त्री ओलीले अपराधीहरूले अपराध ढाकछोप गर्न नयाँ प्रविधि र सोचको प्रयोग गर्ने भएकाले प्रहरी पनि आधुनिक प्रविधिसहित स्रोतसाधन सम्पन्न हुनुपर्ने धारणा राखे। उनले त्रुटिरहित अनुसन्धानले मात्र न्याय निरुपणका लागि सही बाटो देखाउने बताए।















