३१ जेठ,वीरगञ्ज । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू (मन्टेश्वरी र पूर्व प्राथमिकसमेत) मा ६ दिन बिदाको घोषणा गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले एक सूचना जारी गर्दै २०८२ असार १ गते आइतबारदेखि असार ६ गते शुक्रबारसम्म पठनपाठन स्थगित हुने जानकारी गराएका छन्। यो बिदा वर्षे बिदाबाट मिलान गरिनेछ।
बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्य जोखिममा पर्ने अवस्था देखिएपछि यो महत्वपूर्ण निर्णय लिइएको हो। यद्यपि, बिदाको समयमा पनि विद्यालय प्रशासन भने सूचारु राख्न सम्बन्धित सबै विद्यालयहरूलाई अनुरोध गरिएको छ। यो सूचना सबै विद्यालय, विद्यार्थी र अभिभावकहरूको जानकारीका लागि प्रकाशित गरिएको छ।















