Logo

वीरगञ्ज महानगरपालिका राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन बन्द गरेको छ।वीरगञ्ज महानगरपालिका राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन बन्द गरेको छ।

३१ जेठ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको कार्यालयमा विगत डेढ महिनादेखि सञ्चालनमा ल्याएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन बन्द गरेको छ। अब उक्त सेवा २०८२ असार १ गते (आइतबार) देखि पुनः जिल्ला प्रशासन कार्यालय पर्साबाटै सञ्चालन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक पटेलद्वारा जारी सूचनामा भनिएको छ, “वीरगञ्ज महानगरपालिकाको कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशनबाट प्रवाह भइरहेको सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले व्यवस्थित रूपमा प्रभावकारी सेवा प्रवाह गर्न वीरगञ्ज महानगरपालिकाको कार्यालयमा रहेका २ वटा स्टेशनहरूलाई जिल्ला प्रशासन कार्यालय पर्सामै स्थापना गरी मिति २०८२ असार १ गतेदेखि लागू हुने गरी राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह गरिनेछ।“

यसअघि, जिल्ला प्रशासन कार्यालय पर्सामा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको अत्यधिक चापलाई कम गर्न र सेवाग्राहीको सहजताका लागि गत २०८२ वैशाख १४ गतेदेखि वीरगञ्ज महानगरपालिकाको कार्यालय, पोखरिया नगरपालिकाको कार्यालय र ईलाका प्रशासन कार्यालय सुपौलीमा समेत राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन सञ्चालन गरी सेवा दिइँदै आएको थियो।


सम्बन्धित समाचार
भर्खरै