३१ जेठ,वीरगञ्ज । पर्सा जिल्लामा विपद्जन्य आगलागीका घटनाहरूलाई नियन्त्रण एवं न्यूनीकरण गर्ने उद्देश्यले शनिवार फायर एक्सटिनगुइसर (अग्नि नियन्त्रक उपकरण) प्रयोग विधि सम्बन्धी डेमोन्स्ट्रेसन अभ्यास सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा, मातहतको वडा प्रहरी कार्यालय बिर्ता पर्सा र मधेश प्रदेश विपद व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगञ्ज, पर्सा) को संयुक्त आयोजनामा यो अभ्यास गरिएको हो।
उक्त अभ्यासमा जिल्ला प्रहरी कार्यालयबाट एक वरिष्ठ प्रहरी अधिकृतको कमाण्डमा २५ जना, वडा प्रहरी कार्यालय बिर्ता पर्साबाट ७५ जना र मधेश प्रदेश विपद व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगञ्ज, पर्सा) बाट एक कनिष्ठ प्रहरी अधिकृतको कमाण्डमा ४ जना गरी जम्मा १०४ जना प्रहरी कर्मचारीहरू र स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस अभ्यासले आगलागीका घटनामा तत्काल प्रतिकार्य गर्ने क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ।















