Logo

गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा आफ्नो विरोध जारी राख्ने भएका छन्।

आज  सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सिंहदरबारमा बोलाएको प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूसँगको बैठकमा यी दुई दलले यसबारे जानकारी गराएका हुन्। गत जेठ १३ गतेदेखि संसद अवरोध हुँदा बजेटमाथिको छलफल लगायतका कार्यतालिका प्रभावित भएको छ। यसै सन्दर्भमा सभामुखले संसद बैठक अघि यो छलफल राखेका थिए।

यता, भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति भएसँगै नेकपा माओवादी केन्द्रले भने सदनमा अवरोध नगर्ने भएको छ। संसद बैठक आज बिहान ११ बजे बस्दैछ।


सम्बन्धित समाचार