प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१ असार, काठमाडौँ ।  सत्तारुढ नेपाली कांग्रेसले सहकारी ठगीलगायतका मुद्दामा फसेका व्यक्तिलाई पार्टी सभापतिबाट नहटाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि कडा कटाक्ष गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाले अरूलाई नैतिकताको पाठ पढाउन नमिल्ने बताएका हुन् ।

घिमिरेले रास्वपाप्रति लक्षित गर्दै प्रश्न गरे, ‘सहकारी ठगीको मुद्दा खेपिरहेका व्यक्तिलाई पार्टी सभापतिको पदमा विराजमान गराइराख्न कुन नैतिकताले दियो ? ५ वटा मुद्दामा जेलमा रहेका व्यक्तिलाई सभापतिबाट हटाउन नसक्नेले नैतिकताको पाठ सिकाउन मिल्छ कि मिल्दैन ?’

उनको यो भनाइ रास्वपाले संसदमा जारी राखेको अवरोध र विभिन्न विषयमा सरकारको नैतिकतामाथि प्रश्न उठाउँदै आएको सन्दर्भमा आएको हो । यसले संसदभित्र सत्तारुढ र प्रतिपक्षी दलहरूबीचको वाकयुद्धलाई थप तीब्र बनाएको छ ।


सम्बन्धित समाचार