१ असार, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (असार १, आइतबार) देशका विभिन्न जिल्लामा बाढीको जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार, काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित कुल ३७ जिल्लामा बाढीको सम्भावना रहेको औंल्याएको छ ।
महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ: “आज इलाम, झापा, मोरङ, सुनसरी, धनुषा, धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, तेह्रथुम, ओखलढुंगा, मकवानपुर, गुल्मी, पाल्पा, सल्यान, गोरखा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।”
यसमध्ये ललितपुर र भक्तपुरसहित १४ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ (यलो अलर्ट) दिएको छ । यो सूचीमा ललितपुर, भक्तपुर, काभ्रे, धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, कैलाली र कञ्चनपुर रहेका छन् । यी जिल्लाहरूमा विशेष सावधानी अपनाउनुपर्ने जनाइएको छ ।
यसैगरी, बाढी महाशाखाले आगामी ३ दिन (मंगलबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको जानकारी दिएको छ ।
हाल मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा वर्षा भइरहेको र यसले नदीहरूको बहाव बढाउन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
बाढीबारे विस्तृत जानकारी तल:
















