प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१ असार, काठमाडौँ ।  प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलहरूको विरोधका बीच राप्रपाका सांसदहरू बाहिरिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले वेल घेराउसहित निरन्तर नाराबाजी गरिरहेका छन् ।

सभामुखले बोल्न समय दिएपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘दादागिरी गरेर सदन चलाउन खोजिएको’ आरोप लगाउँदै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत रहेको भन्दै आफूहरू नबोल्ने बताएर बाहिरिएका हुन् ।

दुई प्रमुख प्रतिपक्षी दलको विरोध र अवरोधका बीच पनि प्रतिनिधिसभा बैठक जारी छ । यसैबीच, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गरेका छन् ।

संसदमा लामो समयदेखि जारी अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित हुँदै आएको थियो । राप्रपा र रास्वपाको विरोधका बाबजुद सरकारले बजेटमाथि छलफल अगाडि बढाउने प्रयास गरेको छ ।


सम्बन्धित समाचार