१ असार,रौतहट । रौतहटमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। आइतबार बिहान गरुडा नगरपालिका–१, जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको चट्याङ लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायका अनुसार, बिहान चट्याङ लागेर गम्भीर घाइते भएका बनियालाई तत्काल गौरस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।















