Logo

२ असार , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरा आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनुभएको छ। उहाँमाथि २०८१ चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा सहभागी भएको आरोप छ।

उहाँविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध, र एकीकृत कसुर गरी चारवटा मुद्दामा सजायको मागदाबी गरिएको छ। यसअघि, प्रहरीले अनुसन्धान सकेर उहाँलाई हाजिर जमानीमा रिहा गरेको थियो। उपचारका लागि रिहा हुनुभएका जबरा, मुद्दा दायर भएपछि भने प्रहरीको सम्पर्कमा हुनुहुन्थेन। चैत १५ को उक्त प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी कायम गरिएको छ ।


सम्बन्धित समाचार