२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले देशको विकासका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुनै विकल्प नभएको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरूले यो कुरा पहिले नै बुझेको र अहिले जनताले पनि बुझ्न थालेको बताएका हुन् । सापकोटाले माओवादीको देश दौडाहाका क्रममा अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि माओवादी नेताहरूलाई स्वागत गरेको र ज्ञापनपत्र बुझाएको उल्लेख गरे। उनले अहिले जनता नेपाली कांग्रेस र नेकपा एमालेबाट अघाएको र माओवादीका लागि बाटो खाली भएको दाबी गरे।
उनले नेपाली कांग्रेसलाई ूप्रजातान्त्रिक सामन्तहरूको पार्टीू को आरोप लगाए भने एमालेका कामले आफ्नै कार्यकर्ताहरूलाई समेत लज्जित बनाएको उनको भनाइ थियो।















