Logo

२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिजो बहिष्कार गरेको संसद बैठकको भत्ता नलिने निर्णय गरेको छ।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस सम्बन्धमा संसद सचिवालयमा पत्र पठाउँदै संसदीय दलले असार १ गतेको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने निर्णय गरेको जानकारी दिएका छन्। राप्रपाले बैठकबापत प्राप्त हुने भत्ता राजस्वमा फिर्ताको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन अवरोध गरिरहेका बेला जबर्जस्ती बैठक चलाइएको भन्दै राप्रपाले आइतबारको बैठक बहिष्कार गरेको थियो। प्रतिनिधि सभामा राप्रपाका १३ सांसद छन्।


सम्बन्धित समाचार