Logo

२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आज पनि संसदमा अवरोध जारी राखेको छ। प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै रास्वपाका सांसदहरूले वेल घेरेर नाराबाजी सुरु गरेका थिए।

यद्यपि, सभामुख देवराज घिमिरेले रास्वपाको विरोधका बाबजुद संसद् बैठकलाई अगाडि बढाएका छन्। रास्वपाले गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको गठन नभएसम्म आफ्नो विरोधका कार्यक्रमहरू जारी राख्ने अडान लिएको छ।


सम्बन्धित समाचार