२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले तत्काल छानबिन समिति बनाउन माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै बस्नेतले भिजिट भिसा प्रकरणको गम्भीर ढंगले छानबिन हुनुपर्नेमा जोड दिँदै यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभएसम्म संसदको अवरोध जारी राख्ने घोषणा गरेको बेला माओवादीले पनि अडान लिएको छ ।
उनले सरकारले छानबिन समिति बनाउने घोषणा गरिसकेकाले अब ३० दिन नलगाई केही दिनभित्रै समिति गठन गरी सबैको भावनालाई सम्बोधन गर्नुपर्ने धारणा राखे ।
बस्नेतले शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्नुपर्ने भएकाले सरकार त्यसबाट पछि हट्न नमिल्ने पनि स्पष्ट पारेका छन् ।















