Logo

२ असार, काठमाडौं । इजरायल र इरानबीचको युद्ध परिस्थितिको पृष्ठभूमिमा नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरूको सुरक्षाबारे चासो व्यक्त गरेको छ। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सोमबार इजरायली राजदूत एरी बाससँग भेट गरी परिस्थितिको जानकारी लिइन्।

मन्त्री राणाले युद्धको सम्भावनाबीच इजरायलमा कार्यरत नेपालीहरूको अवस्थाबारे चासो व्यक्त गर्दै उनीहरूको सुरक्षाको लागि आवश्यक कदम चाल्न आग्रह गरिन्। राजदूत बासले भने इजरायलमा रहेका नेपाली नागरिकहरू पूर्ण रूपमा सुरक्षित रहेको र इजरायली सरकारले सबै विदेशी नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेको बताए।

यसअघि परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा पनि इजरायल र इरानमा रहेका नेपाली सुरक्षित रहेको उल्लेख गरिएको थियो।


सम्बन्धित समाचार