Logo

२ असार, काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा अवैध खननसम्बन्धी मुद्दामा ५० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

थापामाथि ढुंगा, गिटी र बालुवाको अवैध उत्खनन गरी वन ऐन उल्लंघन गरेको आरोपमा सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आइतबार थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो। थापा सोही दिन अदालतमा हाजिर भएका थिए।

अभियोगअनुसार, थापाले ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्‍याएको दाबी गरिएको छ र उनीसहितको समुहमाथि १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको बिगो माग गरिएको छ। थापासँगै सोही मुद्दामा उपप्रमुख लीलाकुमारी मुक्तान, पूर्व प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीमाथि पनि मुद्दा दायर गरिएको छ।


सम्बन्धित समाचार