२ असार,सेढवा । पर्साको जिराभवानी गाउँपालिकाबाट आज बिहान सशस्त्र प्रहरीले छापामारी गरी १७ बोरा भारतीय युरिया मल बरामद गरेको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवबाट सशस्त्र प्रहरी सहायक निरीक्षक जिन्दा प्रसाद यादवको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर १, बलुवाका स्थानीय नेशार समानीको घरभित्र भण्डारण गरी राखिएको १७ बोरा भारतीय युरिया मल बरामद गरेको हो।
बरामद गरिएको मललाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वार्टर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताए ।















