Logo

३ असार, काठमाडौं । नेपालको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशभरको बाढी सम्बन्धी जानकारी र चेतावनी जारी गरेको छ।

जसअनुसार आगामी तीन दिनसम्म कोशी, कर्णाली, महाकाली र यिनका प्रमुख सहायक नदीहरूको साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलस्तर सतर्कता तहभन्दा तलै रहने अनुमान गरिएको छ।यद्यपि, नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलस्तर सतर्कता तहको आसपास रहने सम्भावना रहेकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउनु पर्नेछ। बाढीको अवस्था घटबढ भइरहन सक्ने भएकाले सचेत रहनु महत्वपूर्ण छ।

३७ जिल्लामा बाढीको जोखिम

आज काठमाडौँसहित देशका ३७ जिल्ला र आसपासका क्षेत्रमा बाढीले जोखिम निम्त्याउने सम्भावना छ। यी जिल्लाहरूमा पाँचथर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, काठमाडौँ, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, नवलपुरपश्चिम, अर्घाखाँची, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका क्षेत्रमा बहने अधिकांश साना नदीहरूको बहाव सामान्य बढ्ने सम्भावना रहेको छ। त्यसैले, यी नदी तटीय क्षेत्रमा पनि सतर्कता अपनाउनु जरुरी छ।

१८ जिल्लालाई ‘पहेंलो अलर्ट’

बाढीको जोखिमबाढी महाशाखाले १८ जिल्लालाई पहेंलो अलर्ट’ (Yellow Alert) जारी गरेको छ। ती जिल्लाहरू भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, पाल्पा र रुपन्देही हुन्।

हाइड्रोलोजिस्ट इन्जिनियर सौहार्द्र जोशीका अनुसार:

  • पहेंलो रङ (Yellow): जलस्तर सतर्कता तहको आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहेको संकेत गर्दछ।
  • हरियो रङ (Green): जलस्तर सतर्कता तहभन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत गर्दछ।
  • सुन्तला रङ (Orange): जलस्तरले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत गर्दछ।
  • रातो रङ (Red): जलस्तरले खतरा तह पार गर्ने र बाढीको अति उच्च जोखिम हुने संकेत गर्दछ।


सम्बन्धित समाचार