Logo

३ असार , काठमाडौँ। नेपाल सरकारले बागमती, कोशी र लुम्बिनी प्रदेशका १५ वटा अस्पतालहरूबाट मुटु रोग सम्बन्धी निःशुल्क उपचार सेवा प्रदान गरिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विपन्न बिरामीहरूले वडाको सिफारिस पत्रसहित यी अस्पतालहरूमा गएर सेवा लिन सक्नेछन्। महाधमनीको शल्यक्रिया, मुटुमा पेसमेकर तथा स्टेन्ट राख्ने र मुटुको भल्भ पूर्ण रूपमा क्षति भएको अवस्थाको उपचारका लागि एक लाख रुपैयाँसम्मको सहुलियत उपलब्ध गराइनेछ।

सेवा दिने अस्पतालहरूः

बागमती प्रदेशः

वीर अस्पताल
त्रि.वि. शिक्षण अस्पताल महाराजगन्ज
पाटन अस्पताल
कान्ति बाल अस्पताल
शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्ज
मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर
चितवन मेडिकल कलेज, चितवन
बयोदा अस्पताल, बल्खु
धुलिखेल अस्पताल, काभ्रे
भरतपुर अस्पताल, भरतपुर

कोशी प्रदेशः

बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
नोबेल मेडिकल कलेज, विराटनगर
न्युरो कार्डियो मल्टिस्पेसियालिटी अस्पताल

लुम्बिनी प्रदेशः

गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, बुटवल


सम्बन्धित समाचार