Logo

काठमाडौँ। स्वास्थ्य मन्त्रालयअन्तर्गत कार्यरत डा.केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्।

मन्त्री क्वार्टर भैँसेपाटीमा आज भएको भेटमा डा. श्रेष्ठले आफूलाई कार्यक्षेत्रमा भएको असहयोग र अन्यायबारे गुनासो पोखेका थिए। सो क्रममा गृहमन्त्री लेखकले डा.श्रेष्ठलाई जस्तोसुकै असहज अवस्थाको पनि सामना गरेर अघि बढ्न र आत्मबल बलियो बनाउन सुझाव दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

डा.श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए। उनले फेसबुकमार्फत अलबिदा लेखेर आफू प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आत्महत्या गर्न लागेको जनाएका थिए। प्रहरीले उनलाई बालाजु क्षेत्रमा सकुशल फेला पारेको थियो।

दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा कार्यरत डा. श्रेष्ठ जेठको अन्तिम साता हेटौँडा सरुवा भएका थिए। उनले आफूले सेवा गरेको रामेछाप अस्पतालबाटै आफूमाथि अमानवीय व्यवहार र अन्याय भएको भन्दै फेसबुक पोस्टमा लेखेका थिए।


सम्बन्धित समाचार