Logo

३ असार, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक समिति गठनको मागलाई आज प्रतिनिधिसभा बैठकमा पनि दोहोर्‍याएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुवातमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै रास्वपा सांसद चन्दा भण्डारी कार्कीले भिजिट भिसा प्रकरणको सत्यतथ्य पत्ता लगाउन तत्काल उच्चस्तरीय छानबिन समिति वा न्यायिक समिति गठन गर्नुपर्ने माग गरिन् । रास्वपा केही दिनदेखि नै संसदमा यस विषयमा छानबिन समिति गठनको माग गर्दै आइरहेको छ ।

सांसद कार्कीले आफ्नो भनाइ राखिसकेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरूले घाँटीमा लगाएको निलो रंगको रिबनप्रति आपत्ति जनाएका थिए । उनले संसदमा उपस्थित हुँदा मर्यादित पोसाक लगाएर आउनुपर्नेमा जोड दिएका थिए । पोसाकको विषयमा उत्पन्न विवादका कारण बैठक ३० मिनेटका लागि स्थगित भएको छ । यस घटनाले संसदमा भिजिट भिसा प्रकरणको छानबिनको मागसँगै सांसदहरूको पोसाकको विषयमा पनि बहस सुरु भएको छ ।


सम्बन्धित समाचार