३ असार, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा मन्त्रालयको प्रस्तावविना नै ुटेक एन्ड पे पीपीएु प्रावधान समावेश गरेर ऊर्जा क्षेत्रलाई सिध्याउन खोजेको आरोप लगाएको छ।
इप्पानले बजेट वक्तव्यमा यो प्रावधान समावेश गर्नु पदीय दायित्व र बजेटका सिद्धान्त विपरीत भएको बताएको छ। इप्पानका अध्यक्ष गणेश कार्कीले साढे दुई दशकमै २,९०० मेगावाट विद्युत् उत्पादन गर्न सफल निजी क्षेत्रलाई सिध्याउने खेलमा सरकार, अर्थ मन्त्रालय र स्वयं अर्थमन्त्री पौडेल लाग्नु देशकै लागि विडम्बना भएको बताएका छन्। उनले टेक एन्ड पे प्रावधानले प्रत्यक्ष(अप्रत्यक्ष सबै ऊर्जा उद्यमीहरू प्रभावित भएको र यसले ऊर्जा क्षेत्रलाई अगाडि बढाउनुको सट्टा पछाडि धकेल्ने बताए। त्यसैले यो प्रावधान अविलम्ब फिर्ता हुनुपर्ने इप्पानको माग छ।
अध्यक्ष कार्कीका अनुसार ुटेक एन्ड पेु प्रावधानका आधारमा गरिएको पीपीए (उर्जा खरिद सम्झौता) मा बैंक तथा वित्तीय संस्थाले वित्तीय व्यवस्थापन नगर्ने र यसले करिब ३५० मेगावाटका आरओआर ९रन अफ रिभर० आयोजनाहरूको १७,११७ मेगावाट क्षमताको निर्माण अनिश्चित बनेको छ। यी आयोजनाहरूका लागि हालसम्म ६६ अर्ब २२ करोड १४ लाख रुपैयाँ लगानी भइसकेको र ुटेक एन्ड पेु प्रावधानका कारण यो लगानी डुब्ने अवस्थामा पुगेको कार्कीको भनाइ छ।
इप्पानका अनुसार, पीपीएका लागि आवेदन दिएका ४,९६५ मेगावाटका आयोजनाहरूको पीपीए प्रभावित भएको छ। यसका साथै, १० मेगावाटभन्दा मुनिका आयोजनाहरूको टेक अर पेु पनि प्रभावित भएको छ। इप्पानले ुटेक एन्ड पेु प्रावधान विद्युत् ऐन २०४९, जलविद्युत् नीति २०५८, १६औं पञ्चवर्षीय योजना र लक्ष्य, मन्त्रिपरिषद्बाट पारित २८,५०० मेगावाट उत्पादन लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र २०८१, भारत र बंगलादेशमा १५,००० मेगावाट निर्यात योजना, भारतमा १० वर्षमा १०,००० मेगावाट दीर्घकालीन विद्युत् व्यापार समझदारी लगायतका नीति र लक्ष्यविरुद्ध रहेको बताएको छ।
इप्पानका अनुसार, हाल नेपालमा ३,६०० मेगावाट विद्युत् उत्पादन भएको छ, जसमा निजी क्षेत्रको हिस्सा २,९०० मेगावाट भन्दा बढी छ। निर्माणाधीन ४,२०० मेगावाटमध्ये निजी क्षेत्रको ४,००० मेगावाट तथा पीपीए भएर वित्तीय व्यवस्थापनको चरणमा रहेका आयोजनाहरू पनि ४,००० मेगावाट बराबर छन्। उत्पादित विद्युत्को एकमात्र खरिदकर्ता नेपाल विद्युत् प्राधिकरणले हाल टेक अर पे लिऊ वा तिरमा पीपीए गर्दै आएकोमा अब टेक एन्ड पे गर्दा गम्भीर समस्या निम्तिने इप्पानको भनाइ छ।















