Logo

३ असार, काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आजप्रमुख पाँच दलका नेताहरूसँग छलफल गरेका छन्।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही को उपस्थिति रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ।

सभामुखले संसद्मा जारी अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग अलग(अलग छलफलसमेत गरेका थिए। यसैबीच, विभिन्न दलका सांसदहरूले सदनमा रास्वपाका सांसदहरू निलो स्कार्फमा संसद् प्रवेश गरेको बारे सभामुखको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संसद्मा क्रमशः अमर्यादित गतिविधि भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न आग्रह गरेका छन्।

सभामुखले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै संसदीय मर्यादाभित्र बस्नु स्वयं सांसद र राजनीतिक दलहरूको कर्तव्य रहेको उल्लेख गरेका छन्। उनले आफू स्वनियमनको पक्षमा रहेको पनि उनको सचिवालयले जनाएको छ।


सम्बन्धित समाचार