Logo


३ असार, काठमाडौं ।प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयले मंगलबार सूचना टाँस गरी बैठक स्थगित भएको जानकारी दिएको हो ।

सभामुख देवराज घिमिरेले दलहरूलाई बुधबारको समय सहमतिका लागि गृहकार्य गर्न सदुपयोग गर्न आग्रह गर्नुभएको छ । सभामुख घिमिरेको सचिवालयले भने, “बैठक पर्सी (बिहीबार) बस्छ । भोलि (बुधबार) दलहरूलाई सहमतिका लागि गृहकार्य गर्न भन्नुभएको छ।”

यसअघि, आज दिउँसो २ बजेपछि सुरु भएको बैठक केही बेरमै आधा घण्टाका लागि स्थगित भएको थियो । तोकिएको आधा घण्टाभित्र पनि सहमति जुट्न नसकेपछि सूचना टाँस गरेर बैठक साढे ४ बजेका लागि सारिएको थियो । तर, त्यस समयमा पनि बैठक बस्न नसकी बिहीबारसम्मका लागि स्थगित भएको हो ।

दलहरूबीचको विवादका कारण संसद बैठक नियमित सञ्चालन हुन नसकेको यो पछिल्लो उदाहरण हो ।


सम्बन्धित समाचार