४ असार, काठमाडौं । पछिल्लो समय निरन्तर बढिरहेको सुनको भाउ आज पनि उकालो लागेको छ। मंगलबारको तुलनामा आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबारको तुलनामा यो ९०० रुपैयाँले बढेको हो।
त्यसैगरी, चाँदीको भाउ पनि आज ६५ रुपैयाँले बढेर प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ बढेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औंस सुन ३ हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको प्रभाव नेपाली बजारमा पनि देखिएको छ।















