Logo

४ असार, काठमाडौं । नेपालको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न आज प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ। यो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे सुरु हुनेछ।

प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले दिएको जानकारीअनुसार बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।

बैठकको मुख्य एजेन्डा प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जारी राखेको अवरोध र अन्य समसामयिक राजनीतिक गतिविधिहरू रहेका छन्। संसदमा जारी गतिरोध अन्त्य गर्ने उपायहरूका साथै देशको वर्तमान राजनीतिक परिस्थितिबारे पनि नेताहरूबीच छलफल हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार