Logo

३ असार, काठमाडौं । नेपाल सरकारले हाल रिक्त रहेका चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको सिफारिस समितिको सचिवालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक र योग्य उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो। हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिविहीन छन्।

आवेदनका लागि योग्यता र प्रक्रिया

उपकुलपति पदका लागि आवेदन दिने उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ। साथै, प्रतिष्ठानलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्नेबारे तयार पारिएको व्यावसायिक कार्ययोजना पनि सिलबन्दी गरी बुझाउन भनिएको छ।

योग्यताका मापदण्डहरूः

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति का लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ। साथै, सहप्रध्यापक वा स्वास्थ्य मन्त्रालयमा दशौँ तह मा काम गरेको अनुभव हुनुपर्नेछ।
अन्य प्रतिष्ठानहरू (बीपी कोइराला, पाटन, पोखरा) को हकमा भने चिकित्साशास्त्र विषयमा स्नातकोत्तर र प्राध्यापक वा मन्त्रालयमा एघारौँ तह मा काम गरेको अनुभव हुनुपर्नेछ।


सम्बन्धित समाचार