Logo

४ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असार ३ गतेदेखि ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अवस्थित भोटेकोशी नदी भई बग्ने क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने जानकारी प्राप्त भएको जनाएको छ।

चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार, यो वर्षाले भोटेकोशी र सुनकोशी नदी आसपासका तटीय क्षेत्रमा बाढीको जोखिम बढाउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बुधबार जारी गरेको सूचनामा विशेषगरी भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका का भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।यस अवधिका लागि नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूले सुरक्षाका उपायहरू अपनाउन र सतर्क रहन आवश्यक छ।


सम्बन्धित समाचार