Logo

४ असार, काठमाडौं । उपसभामुख इन्दिरा रानामगर लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन आज दक्षिण अफ्रिकाको प्रिटोरिया प्रस्थान गरेकी छिन्।

उनले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्ट्रोरल असिस्टेन्स (आइडीईए), ओपन सोसाइटी फाउण्डेशन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको संयुक्त आयोजनामा असार ५ र ६ गते हुने अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक संवादमा भाग लिनेछिन्। उनी जेठ ८ गते स्वदेश फर्किने कार्यक्रम छ।


सम्बन्धित समाचार