Logo

फाइल तस्वीर

४ असार,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही वडाका ५० वर्षीय चन्द्रबहादुर ब्लोन रहेको पुष्टि भएको छ।

ब्लोनको शव आज बिहान दक्षिणकाली सामुदायिक वन क्षेत्रको जङ्गलमा क्षतविक्षत अवस्थामा फेला परेको हो। उनी मंगलबार दिउँसो बाख्रा चराउन जङ्गल गएका थिए, तर घर नफर्केपछि उनको खोजी सुरु गरिएको थियो।

जीतपुरसिमरा–२१ का वडाध्यक्ष सुवास श्रेष्ठ ले दिएको जानकारीअनुसार जङ्गलमा खोज्दै जाने क्रममा बाघले खाइरहेकै अवस्थामा ब्लोनको शव फेला परेको थियो। शव फेला परेपछि तत्कालै प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी घटनास्थल पुगेका छन्।

अविवाहित ब्लोन लामो समयदेखि आफ्नी दिदी र भिनाजुको घरमा बस्दै आएका थिए। यस घटनाले अमलेखगञ्ज क्षेत्रमा त्रास फैलिएको छ।


सम्बन्धित समाचार
भर्खरै