प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले संसदलाई जनताका मुद्दामा बहस गर्ने र देशमा आशा जगाउने थलोको रुपमा विकास गरिनुपर्नेमा जोड दिएका छन्।

उनले हालको संसद केवल औपचारिकतामा सीमित रही जनताका मुद्दा ओझेलमा परेको र समाधानको सट्टा द्वन्द्वको थलोु बनेको टिप्पणी गरे। बजेटमा समेत पर्याप्त छलफल नभएकोमा उनले असन्तुष्टि व्यक्त गरे। शर्माले नेपालको राजनीति प्रदूषित भएको र यसलाई सफा गर्ने बेला आइसकेको बताए। उनले संसदमा सत्ता टिकाउने र ढाल्ने कोणबाट मात्रै बहस हुने गरेकोमा चिन्ता व्यक्त गरे। माओवादी केन्द्रको आसन्न मंसिरमा हुने महाधिवेशनमा नेतृत्व प्रतिस्पर्धाभन्दा पनि पार्टी सुधार, आन्तरिक जनवाद स्थापना र जनताप्रतिको उत्तरदायित्व प्रमुख एजेन्डा रहेको उनले स्पष्ट पारे।

गृह प्रशासनको कमान्ड सम्हाल्दा भिजिट भिसाको समस्याबारे आफूलाई जानकारी नभएको बताउँदै उनले अध्यागमन सुधारका लागि छुट्टै संयन्त्रको आवश्यकता औंल्याए। दलहरूबीचको सत्ताकेन्द्रित मोहले अस्थिरता ल्याएको र यसले जनतामा निराशा बढाएको उनको भनाइ छ। शर्माले राजनीतिलाई स्वच्छ र प्रतिस्पर्धी बनाउनु आजको चुनौती रहेको बताउँदै सरकारले जनताको पक्षमा काम गर्नुपर्ने र प्रतिपक्षले खबरदारी गर्नुपर्नेमा जोड दिए।


सम्बन्धित समाचार