Logo

५ असार, काठमाडौँ ।  ललितपुरको मितेरी बचत तथा ऋण सहकारीमा करोडौं रुपैयाँ अपचलन गरेको अभियोगमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

नेपाल प्रहरीले इन्टरपोलमार्फत जारी रेड कर्नर नोटिसको आधारमा उनलाई पक्राउ गरी गएराति स्वदेश ल्याएको हो। भण्डारीमाथि ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको आरोप छ।

यस प्रकरणमा नेपाली कांग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङसमेत संलग्न रहेको अभियोगमा रेड कर्नर नोटिस जारी गरिएको छ । उनीमाथि ६ करोड रुपैयाँभन्दा बढी अपचलनको आरोप  छ।

सहकारी पीडितहरूलाई न्याय दिन र दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीको यो कदम महत्त्वपूर्ण मानिएको छ। हाल मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले गरिरहेको छ ।


सम्बन्धित समाचार