५ असार, रौतहट । रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक गर्भवती महिलाको दुखद मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर नगरपालिका–३, डमार पोखरीया गाउँकी ३५ वर्षीया गुलनाज खातुन रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, हिजो दिउँसो करिब साँढे ३ बजे खातुन आफ्नो घरमा मोबाइल चार्ज गर्न लाग्दा अचानक करेन्ट लागेको थियो। घटनापछि गम्भीर अवस्थामा रहेकी उनलाई तत्कालै प्रादेशिक अस्पताल, उपचारका लागि लगिएपनि बेलुकी चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रादेशिक अस्पतालका मेसु डा. मुरारी ठाकुरले खातुन गर्भवती रहेको जानकारी दिएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जनाएका छन्। मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ।















