५ असार, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ४०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो। बुधबारको तुलनामा सुनको मूल्य एक लाख ९५ हजार ९ सय रुपैयाँबाट घटेर १ लाख ९५ हजार ५ सय रुपैंयामा मा आएको हो। चाँदीको मूल्य २२ सय २५ बाट घटेर २२ सयमा झरेको छ ।
पसलहरू फेरि खुले
केही दिनदेखि आन्दोलनका कारण बन्द रहेका सुनचाँदी पसलहरूआजदेखि खुला भएका छन्। व्यवसायीहरूका अनुसार थाती रहेका मागहरू पूरा नहुँदा पनि व्यापार सुचारु गरिएको हो। हाल बजारमा मूल्य घटे पनि राजनीतिक र आर्थिक अवस्थाका कारण सुनचाँदी बजार अझै चञ्चल देखिएको छ। ग्राहकहरूका लागि यो केही राहतको खबर हुन सक्छ, तर दीर्घकालीन स्थायीत्वका लागि मूल्य स्थिरता आवश्यक छ।















