Logo

५ असार, काठमाडौं । उच्च अदालत पाटनले निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे आजदेखि आफ्नो कार्यालय फर्केर काम सुरु गरेका छन्।

बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश तत्काल कार्यान्वयन नगर्न महानगरपालिकालाई निर्देशन दिएको थियो। अदालतको यस आदेशपछि पाण्डे बिहीबार बिहानै महानगर प्रहरी बलको कार्यालय पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि पाण्डेलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो। यो निर्णयसँगै काठमाडौं महानगरपालिकाभित्रको नगर प्रहरी व्यवस्थापनमा देखिएको अन्योलता केही हदसम्म अन्त्य भएको छ।


सम्बन्धित समाचार