Logo

५ असार, काठमाडौं । संसदमा जारी गतिरोधका कारण आजको प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा ढिलो सुरु भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेपछि ढिलो भएको हो।

हाल सभामुखको कार्यकक्षमा सदनलाई सहज रूपमा अगाडि बढाउने विषयमा वार्ता भइरहेको छ। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन्।

यसअघि, नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमति गरेपछि सदनको कारबाही केही समयका लागि सुचारु भएको थियो। यद्यपि, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आफ्नो अडान कायमै राखेका छन्। यसै कारण, संसद बैठक विरोध र नाराबाजीका बीच अगाडि बढिरहेको छ। सदनमा जारी अवरोध हटाउन सभामुखले गरिरहेको प्रयासले कुनै निकास दिन्छ कि दिँदैन भन्ने प्रतीक्षा गरिएको छ।


सम्बन्धित समाचार