Logo

५ असार, काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर सांसद सुमना श्रेष्ठको निर्देशनमा गृहमन्त्री रमेश लेखकविरुद्ध नक्कली उजुरी दिइएको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन समिति गठन गरेको छ। रास्वपाको सचिवालय बैठकले सांसद चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो।

समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव विष्ट सदस्य छन्। समितिले नक्कली उजुरी दिन प्रोत्साहन गरिएको हो वा होइन भन्ने विषयमा विस्तृत छानबिन गर्नेछ।

रास्वपाले सांसद श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको दाबीसहित आएका समाचारहरूलाई भ्रामक भनेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै भनेको छ, “पार्टीले यसलाई संसद्को रोस्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित शृंखलाको एक हिस्सा मानेको छ। पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन।”

यो समिति गठनसँगै रास्वपाले भिजिट भिसा प्रकरण र त्यसमाथि उठेका आरोपहरूलाई गम्भीरतापूर्वक लिएको सन्देश दिएको छ। छानबिनले सत्यतथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार