५ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो विरोध जारी राखेका छन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उक्त घटनाको छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग राख्दै यी दुई दलले जेठ १३ गतेदेखि नै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। यस प्रकरणमा माओवादी केन्द्रले दुई बुँदे सहमति गरेपछि संसदको कारबाही केही समयका लागि सुचारु भए पनि रास्वपा र राप्रपाले भने अडान छाडेका छैनन्। संसदमा जारी यो गतिरोधले विधेयक अधिवेशनका कामकारबाही प्रभावित भइरहेका छन्।















