प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

५ असार, काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले निजामती विधेयकको खोजी गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संसदमा पुगेको विधेयक कार्यसूचीमा प्रवेश गरेर पनि हटाइएको भन्दै माओवादीले आपत्ति जनाएको हो।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उक्त विधेयक तत्काल सदनमा ल्याउन आग्रह गरे।

यसैगरी, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पनि सचिवहरूले संयुक्त राजीनामा दिने धम्की दिएपछि विधेयक रोकिएको बताए। उनले विधेयक तत्काल अघि बढाउनुपर्नेमा जोड दिँदै भने, “२५ जना सचिवले राजीनामा दिए नयाँ आउँछन्। धम्कीको भरमा यस्तो निर्णय गर्न खुट्टा कमाउनु हुँदैन।”

यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले भने आजको बैठक पनि बहिष्कार गर्ने घोषणा गरेका छन्। राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ।


सम्बन्धित समाचार