५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले प्रतिनिधिसभा बैठकमा बजेट पुस्तिका च्यातेर सरकारको बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले सरकारले ल्याएको बजेट र विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट ‘उल्टो बाटोमा हिँडेको’ आरोप लगाए।
उनले आक्रोशित हुँदै भने, “जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी छैन। यो नेता र मन्त्रीमुखी भयो। म यो किताब सदनभित्रै च्यात्ने अनुमति लिएर च्यात्छु।” त्यसपछि उनले बजेट पुस्तिका च्यातेका थिए। सांसद थापाको यो कार्यले संसदभित्र बजेटमाथि बढ्दो असन्तुष्टि र विरोधलाई थप उजागर गरेको छ।















