प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

५ असार,काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले नै न्यायलाई प्रभावित पारेको गम्भीर आरोप लगाउँदै उहाँको र न्यायाधीशहरूको कल डिटेल सार्वजनिक गर्न माग गरेका छन्।

सदनमा बोल्दै सांसद सिंहले भने, “म सुन्दै आइरहेको छु, ’कानुनमन्त्री कसैको मुद्दा छ भने जिल्लामा छ भने १ नम्बरमा रहेको न्यायाधीशलाई फोन गर्नुहुन्छ। उच्चमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ।’ त्यसैले माग गर्छु, कानुन मन्त्रीको कल डिटेल सार्वजनिक गरियोस्, न्यायाधीशसँग कुरा किन गर्ने? कुरा छ भने प्रधान न्यायधीश न्याय परिषद्को अध्यक्ष हुन्छ, जिल्लाको न्यायाधीश सदस्य पनि हुँदैन।“

उनले कल डिटेल सार्वजनिक गर्न चुनौती दिँदै यदि आफूले भनेको कुरा गलत सावित भएमा सांसद पद त्याग्न तयार रहेको समेत बताए। सांसद सिंहको यो मागले न्यायपालिकाको निष्पक्षता र कानुनमन्त्रीको भूमिकाबारे संसदमा नयाँ बहस सिर्जना गरेको छ।


सम्बन्धित समाचार