५ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिसभा सदस्य प्रेम सुवालले बिहीबार संसद बैठकमा नेपालबाट मान्छे मात्र निर्यात हुनुलाई प्रश्न गरेका छन्।
उनले प्रश्न गरे, “किन मान्छे मात्र निर्यात हुन्छरु के अरु केही निर्यात गर्ने विकल्प छैनरु” उनले प्रधानमन्त्रीहरूमाथि जवाफदेहिता लागू गर्नुपर्ने विषयमा पनि जोड दिएका थिए। साथै, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै रास्वपा र राप्रपाले विरोध प्रदर्शन गरिरहेका छन्। रास्वपा प्रदर्शनमा छ भने राप्रपा बैठक बहिष्कारमा छन्। सुवालले संसद् अवरोधका क्रममा उठेका आवाजप्रति सभामुखको ध्यानाकर्षण गराउन समेत आग्रह गरेका थिए।















