Logo

५ असार, काठमाडौं । पछिल्लो सात दिनमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले आज दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा मात्रै ५ जनामा कोरोना पुष्टि भएको छ। पुस १७ गतेपछि कुल १६० जनामा कोरोना संक्रमण देखिएकोमा सबैभन्दा बढी १२९ जना बागमती प्रदेशमा छन्। सुदूरपश्चिममा १७, मधेशमा ५, र कोशी, गण्डकी तथा लुम्बिनी प्रदेशमा ३÷३ जना संक्रमित देखिएका छन्। महाशाखाले सङ्क्रमण भएका क्षेत्रमा एन्टिजेन परीक्षण किट पठाइरहेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा संक्रमण देखिएसँगै नेपालमा पनि फेला परेको भए तापनि अहिले आत्तिनुपर्ने अवस्था नभएको बताए। खोप नलगाएका, दीर्घरोगी र ज्येष्ठ नागरिक जोखिममा भए पनि सङ्क्रमण अत्यधिक फैलिन सक्ने अवस्था नरहेको उनको भनाइ छ।


सम्बन्धित समाचार